आयोजनाको उद्देश्य तथा गतिविधिहरु


समग्र लक्ष ( Overall objective)

एकिकृत दीगो प्राकृतिक श्रोत व्यवस्थापनको माध्यमबाट चुरे क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारका साथै संकटासन्न समुदायको जलवायु समानुकूलन क्षमतामा अभिबृद्धि गर्ने ।

संभाग अनुसारको उद्देश्य (Component wise Objectives)

१. जलवायु उत्थानशीलताका लागि दिगो प्राकृतिक श्रोत व्यवस्थापनलाई सुदृढ गर्ने ।

२. जलवायु उत्थानशीलताका लागि दिगो प्राकृतिक श्रोत व्यवस्थापन योजना र संस्थागत सुदृढिकरण गर्ने।

३. जलवायु उत्थानशीलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धि जागरण, जानकारी साथै स्थानीय क्षमता अभिबृद्धि गर्ने ।

कार्यान्वयन संरचना

यस आयोजनाको कार्यान्वयनको लागि केन्द्रमा वन तथा वातावरण मन्त्रालयले नेतृत्व गर्ने गरी यसको संरचना रहेको छ । केन्द्रमा वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा विभिन्न मन्त्रालय विभाग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, विकास साझेदार संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठन संस्था, सञ्जालहरु (वन समूह, आदिवासी जनजाती, महिला आदि) सहितको बहुसरोकारवाला आयोजना निर्देशक समिति र प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा बहुसरोकारवाला प्रदेशस्तरीय आयोजना समन्वय समिति रहने प्रावधान रहेको छ । यसरी नै प्रत्येक नदी प्रणालीमा स्थानीय तहसँगको समन्वयमा समुदायमा आधारित वन तथा कृषि समितिले योजना तर्जुमा, कार्यान्वयन र अनुगमनको काम गर्ने व्यवस्था गरिएको छ ।

आयोजना व्यवस्थापन इकाइहरु (Project Management Units)

कार्यक्रम व्यवस्थापनका लागि केन्द्रमा राष्ट्रिय आयोजना निर्देशकको नेतृत्वमा आयोजना व्यवस्थापन इकाई (Project Management Unit-PMU) र प्रदेशमा प्रादेशिक आयोजना संयोजकको नेतृत्वमा प्रदेश स्तरीय आयोजना व्यवस्थापन इकाई (Provincial Project Management Unit-PPMU) कार्यालयहरु रहने व्यवस्था रहेको छ । यसरी यस आयोजनाको नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तरगत ४ वटा खर्च केन्द्रहरु रहने व्यवस्था रहेको छ।वन तथा वातावरण मन्त्रालय मार्फत कार्यान्वयन गरिने कार्यक्रमहरु नेपाल सरकारको ऐन नियम अनुसार गरिने व्यवस्था रहेको छ ।

कार्य क्षेत्र

यो आयोजनाको कार्य क्षेत्रको काम प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेश गरि ३ वटा प्रदेशका चुरे क्षेत्रमा पर्ने २६ वटा नदी प्रणालीलाई समेटेर कार्यान्वयन हुनेछ । यसले १२१ वटा स्थानि तहमा काम गर्ने लक्ष्य रहेको छ ।

तालिका नं १ : आयोजनाको कार्य क्षेत्रमा पर्ने नदी प्रणालीहरु

नदी प्रणालीहरु

जिल्लाहरु

प्रदेश

कनकाई नदी, बिरिङ खोला, मेची नदी, (३ नदी प्रणालीहरु)

इलाम/झापा

प्रदेश नं. १

रतुवा नदी (१ नदी प्रणाली)

इलाम/मोरङ/झापा

प्रदेश नं. १

लोहन्द्रा नदी, र बक्राहा खोला (२ नदी प्रणालीहरु)

मोरङ

प्रदेश नं. १

बुढी खोला (१ नदी प्रणाली)

मोरङ/सुनसरी

प्रदेश नं. १

कोकाहा खोला, र पटनाली खोला (२ नदी प्रणालीहरु)

सुनसरी

प्रदेश नं. १

सुनकोशी, गिदेरी खोला, अँधेरी–बरुवा–द्वार खोला, र तावा खोला–दक्षिण (४ नदी प्रणालीहरु)

उदयपुर

प्रदेश नं. १

बिहुल नदी र खाडो नदी (२ नदी प्रणालीहरु)

सप्तरी

मधेश प्रदेश

बताहा खोला (१ नदी प्रणाली)

सिराहा

मधेश प्रदेश

चारनाथ खोला (१ नदी प्रणाली)

महोत्तरी/धनुषा

मधेश प्रदेश

रातु नदी (१ नदी प्रणाली)

महोत्तरी/धनुषा

मधेश प्रदेश

लखन्देही नदी (१ नदी प्रणाली)

सर्लाही

मधेश प्रदेश

ठाकुर खोला, चडाहा खोला, कमला नदी–उत्तर, कमला नदी–दक्षिण (४ नदी प्रणालीहरु)

सिन्धुली

बागमती प्रदेश

बलान नदी (१ नदी प्रणाली)

उदयपुर, सिराहा/सप्तरी

प्रदेश नं. १ र मधेश प्रदेश

कमला नदी–बेलसोत–जोगिया खोला (१ नदी प्रणाली)

उदयपुर, सिराहा/धनुषा, सिन्धुली

प्रदेश नं. १ , मधेश प्रदेश र बागमती प्रदेश

तावा खोला–उत्तर (१ नदी प्रणाली)

उदयपुर, सिन्धुली

प्रदेश नं. १ र बागमती

यस आयोजनाको उद्देश्य पुरा गर्नको लागि आयोजनाका क्रियाकलापहरू सञ्चालन गरी निम्न अनुसारका उपलव्धीहरू प्राप्त हुने अपेक्षा राखिएको छ । सम्बेदनशिल पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजनाको तयारी गर्दा प्राप्त सुझाव, नदी प्रणालीको विस्तृत अध्ययन, स्थानीय परिस्थिति आदिका आधारमा परिवर्तन हुन् गएमा उपलब्धीहरुमा केही परिमार्जन हुने संभावना पनि रहेको छ । अपेक्षित उपलब्धिमा वनको घनत्व २ प्रतिशत बढ्ने तथा संरक्षण तथा व्यवस्थापन गरिएको खोलाहरुमा बग्ने थेग्रो २५ प्रतिशत सम्म घट्ने अनुमान गरिएको छ ।

तालिका नं २ : आयोजनाको अपेक्षित उपलब्धीहरु

अपेक्षित उपलब्धी

एकाइ

लक्ष्य

१. पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजना तयार

नदी प्रणाली

२६

२. गल्छी नियन्त्रण तथा संरक्षण पोखरी व्यवस्थापन

स्थान

२१५

३. बृक्षरोपण, संरक्षण तथा प्राकृतिक पुनरुत्पादन व्यवस्थापन

हेक्टर

३७६७२

४. वन पारिस्थितिकीय प्रणालीको दिगो व्यवस्थापन

हेक्टर

१४८९९८

५. कृषक पाठशाला स्थापना र संचालन

वटा

१२०

६. जलवायु उत्थानशील कृषि प्रणाली व्यवस्थापन

हेक्टर

४८७७२

७. जलवायु उत्थानशील क्षमता अभिबृद्धि

संस्था

७५०

८. चुरे ज्ञान केन्द्र स्थापना तथा संचालन

वटा

९. कृषि वन र भूउपयोगबाट हुने कार्बन उत्सर्जन घट्ने (२० वर्षमा )

mtCO2 eq

११.४८

१०. कृषि वन र भूउपयोगबाट हुने कार्बन उत्सर्जन घट्ने (२० वर्षमा )

tCO2 eq

२३६६४८५

१२. संवेदनशील पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना

हेक्टर

२०६२२७

१३. समुदायको उत्थानशील क्षमतामा अभिवृद्धि:(क) प्रत्यक्ष (ख) अप्रत्यक्ष

घरधुरी । जनसंख्या

२,००६८१।२२५२९८०

कूल लाभान्वित

जनसंख्या

३२,१६,२४८

प्रमुख क्रियाकलापहरु

चुरे क्षेत्रको भू–परिधि स्तरमा नदी प्रणालीमा आधारित भएर संवेदनशिल पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजना (CERP) तयार गरी आयोजना कार्यान्वयन गरिने छ । यस योजना तयार गर्दा भू–उपयोग प्रणालीलाई पनि समेटिने छ । अन्तत: २६ वटा नदी प्रणालीले ओगटने क्षेत्रमा कृषकहरुले अवलम्बन गरेको कृषि तथा वन पारिस्थितिकीय प्रणालीलाई सुधार गरी समग्र पारिस्थितिकीय प्रणालीको उत्पादकत्व बढाइ दीगो व्यवस्थापनलाई सुदृढ गर्ने क्रियाकलापहरु कार्यान्वयन गर्ने गरी आयोजना दस्तावेज तयार गरिएको छ । प्रमुख क्रियाकलापहरु निम्न बमोजिमका क्षेत्र अन्तरगत रहेका छन् ।

समुदायमा आधारित संस्थाहरु पहिचान, दर्ता तथा सवलिकरण

सम्वेदनशिल पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजना तयार

भू–उपयोग तथा व्यवस्थापन सुदृढीकरण

दीगो बृक्षरोपण तथा व्यवस्थापन

वन पुनर्स्थापना तथा पुनरुत्पादन व्यवस्थापन

जलवायू समानुकूलित कृषि प्रणाली व्यवस्थापन (Climate Resilient Agriculture System Management)

सञ्चार तथा ज्ञान व्यवस्थापन ( Knowledge and Communication Management)

स्थानीय तहमा सहयोगी निकाय तथा संस्थाहरु

यस आयोजनाले राखेको उद्देश्य तथा लक्षहरुको प्राप्तिका लागि सकारात्मक परिणाम प्राप्त गर्नका लागि समुदायमा आधारित संस्थाहरु (सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन समूह, साझेदारी वन समूह, भू तथा जलाधार संरक्षण समूह आदि) संग मिलेर कार्यक्रमहरु कार्यान्वयन गर्ने रणनीति रहेको छ । आयोजनाको कार्य क्षेत्रमा काम गरिरहेका कम्तिमा ७५० समुदायमा आधारित संस्थाहरु यस आयोजना बाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।नदी प्रणालीका क्षेत्रहरुमा रहेका सामुदायिक संस्थाहरुबाट नै अधिकांश क्रियाकलापहरुका कार्यान्वयन गर्ने प्रावधान रहेको छ।

तालिका नं : ३ सहयोगी निकाय तथा संस्थाहरु

क्र.सं

संस्था

संख्या

घरधुरी

सामुदायिक वन उपभोक्ता समूह

५५७ (७४.२६ प्रतिशत)

१००,२६०

साझेदारी वन उपभोक्ता समूह

३ (०.४ प्रतिशत)

९६,६८१

कृषक समूह तथा भूसंरक्षण उपभोक्ता समूह

५० (६.६६ प्रतिशत)

२०००

सार्वजनिक जग्गा वन उपभोक्ता समूह

१०० (१३.३३ प्रतिशत)

१५००

कवुलियती वन उपभोक्ता समूह

४० (५.३३ प्रतिशत)

२४०

जम्मा

७५० (१०० प्रतिशत)

२००,६८१

जिल्ला स्थित कार्यालयहरुको भूमिका

यस बाहेक जिल्लाहरुमा रहेका प्रदेश स्तरका वन क्षेत्रका कार्यालयहरु तथा कृषि क्षेत्रका कार्यालयहरुको भूमिका तथा प्राविधिक सहयोग यस आयोजनाको मुख्य ज्ञान तथा प्रविधिको स्रोत रहेको छ । कतिपय धेरै प्राविधिक ज्ञानको आवश्यक पर्ने नर्सरी लगायतका क्रियाकलापहरुको व्यवस्थापन यी कार्यालयहरुबाट गर्न सकिने प्रावधान रहेको छ ।

स्थानीय तहहरुको भूमिका

यसै गरी यस आयोजनाको सफलता स्थानीय तहहरु नगरपालिका तथा गाँउपालिकाहरु एवं सम्बन्धित वडाहरुसँगको सहकार्य तथा समन्वयलाई सार्थक बनाँउदा मात्र निर्भर रहेको छ । अन्तत: संवेदनशिल पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजना तयारीको पूर्व चरण देखि कार्यान्वयन एवं अनुगमन मूल्याङकनमा स्थानीयतहहरुको पदाधिकारी तथा तहाँको सहकार्य अपरिहार्य रहेको हुँदा यसै अनुरुप यस आयोजनाको व्यवस्थापन इकाईहरुले समन्वय गरेर कार्यक्रम अगाडी बढाउनेछ ।

आयोजनाको लक्षित प्रतिफल प्राप्त गर्न अवलम्वन गर्नु पर्ने अन्तरसम्बन्धित योजना तथा मानकहरु

आयोजनाले जलवायु परिवर्तन उत्थानशीलताका लागि काम गर्ने र यसलाई अझ वातावरण मैत्री र समावेशीताका लागि वातावरणीय र सामाजिक पक्षलाई दीगो र सुरक्षित रुपमा अगाडी बढाउन आयोजनाका सबै क्रियाकलापमा समेटनु पर्ने नीतिहरु (Cross Cutting themes) वातावरणीय तथा सामाजिक व्यवस्थापन साथै सामाजिक समवेशीकरण व्यवस्थापन योजना अन्तगर्त लैङ्गिक कार्ययोजना (Gender Action Plan-GAP), आदिवासी जनजाती योजनाका (Indigenous People Plan-IPP) आधारमा काम गर्ने रणनीति रहेको छ ।

चुरे उत्थानशील आयोजना