आयोजनाको परिचय


नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठन (FAO) नेपालको संयुक्त प्रयासबाट नेपालको पूर्बी क्षेत्रमा चुरे क्षेत्रको उत्थानशिलको लागि एउटा आयोजनाको रुपमा तर्जुमा भएको छ। यस आयोजना हरित जलवायु कोषको सहयोगमा नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ खाध तथा कृषि सङ्गठन बीच मिति ०३ मे सन् २०२० मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ खाध तथा कृषि सङ्गठनले संयुक्त रुपमा कार्यान्वयनमा रहेको आयोजना हो। यस आयोजनाको केन्द्रमा आयोजना व्यवस्थापन इकाई रहेको छ भने यसको कार्य क्षेत्र प्रदेशस्तरमा प्रदेश न. १, प्रदेश न. २ र बागमती प्रदेश गरि तीन वटा प्रदेशहरुमा लागु हुनेछ।प्रदेशस्तरमा आयोजना व्यवस्थापन इकाई, बबरमहल, काठमाण्डौं अन्तर्गत प्रदेश आयोजना ब्यबस्थापन इकाई रहनेछन् हाल स्थापनाको क्रममा रहेको छ । करिब ७५० वटा समुदाय स्तरका संस्थाहरु परिचालन गरी कार्यान्वयन गरिने यस आयोजना हरित जलवायु कोषको सहायतामा कार्यान्वयनमा आएको पहिलो आयोजना हो ।

यस आयोजनाकालागि हरित जलवायु कोष (Green Climate Fund-GCF) ले ३ करोड ९३ लाख र नेपाल सरकारले ८० लाख चालिस हजार अमेरिकी डलर (करिव ५ अरब ६० लाख नेपाली रुपैया) लगानी गरी आयोजना कार्यान्वयन गर्ने कार्यको शुरुवात भएको छ ।यो आयोजना नेपालमा पहिलो हो ।

अवधि

यो आयोजना सन २०२० को मे १२ तारिख देखि प्रभावकारी भएको छ । आ.ब. ०७७।०७८ देखि आ.ब. ०८४।०८५ सम्म (सन २०२० सन २०२७) सात बर्ष हुनेछ ।तर आ.ब. ०७७।०७८ र ०७८।०७९ आयोजनाको तयारी चरणको रुपमा कार्यकंम कार्यान्वयनको लागि योजनाहरु तयार गर्ने तथा कार्यान्वयनको लागि २६ वटा नदी प्रणालीमा पूर्वाधार पुरा गर्ने भएकोले स्थानीय क्षेत्रहरुमा आ.ब ०७९।०८० देखि पूर्ण कार्यान्वयनमा आउनेछ ।

समग्र लक्ष

एकिकृत दीगो प्राकृतिक श्रोत व्यवस्थापनको माध्यमबाट चुरेक्षेत्रको पारिस्थितिकीय प्रणाली सुधार साथै संकटासन्न समुदायको जलवायु समानुकूलनक्षमतामा अभिबृद्धि गर्ने।

संभाग अनुसारको उद्देश्य (Component wise Objectives)

१. जलवायु उत्थानिशलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन लाई सुदृढ गर्ने ।

२. जलवायु उत्थानिशलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन योजना र संस्थागत सुदृढिकरण गर्ने ।

३. जलवायु उत्थानिशलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धि जागरण, जानकारी साथै स्थानीय क्षमता अभिबृद्धि गर्ने ।

नतिजा सूचकका विवरण

नतिजा सूचकका विवरण

एकाइ

लक्ष्य

१. पारिस्थितिकीय प्रणाली पुनर्स्थापना योजना तयार

नदी प्रणाली

२६ .

२. कृषक पाठशाला स्थापना र संचालन

वटा

वटा

३. गल्छी नियन्त्रण तथा संरक्षण पोखरी व्यवस्थापन

३. गल्छी नियन्त्रण तथा संरक्षण पोखरी व्यवस्थापन

३. गल्छी नियन्त्रण तथा संरक्षण पोखरी व्यवस्थापन

४. बृक्षरोपण, संरक्षण तथा प्राकृतिक पुनरुत्पादन व्यवस्थापन

४. बृक्षरोपण, संरक्षण तथा प्राकृतिक पुनरुत्पादन व्यवस्थापन

४. बृक्षरोपण, संरक्षण तथा प्राकृतिक पुनरुत्पादन व्यवस्थापन

५. जलवायु उत्थानशिल क्षमता अभिबृद्धि

५. जलवायु उत्थानशिल क्षमता अभिबृद्धि

चुरे उत्थानशील आयोजना