आयोजना प्रमुख बाट सन्देश


Card image cap

चुरे उत्थानशिल आयोजनाको वेबसाइट भ्रमण गर्नुभएकोमा स्वागत छ र धन्यवाद। यो एक सरकारी आयोजना हो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गरिरहेको छ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि अनुरुप विकसित देशहरुले विकासशिल देशहरुलाइ जलवायु परिवर्तनको क्षेत्रमा अनुकूलन तथा उत्सर्जन न्यूनिकरणमुखी आयोजनाको लागि सहयोग गर्ने उद्देश्य अनुरुप यो आयोजना नेपालमा लागु भएको छ ।

हरित जलवायु कोषले नेपाल सरकारको लागि अनुदानमा उपलब्ध गराएको अनुदानबाट नेपालको अति जोखिमजन्य चुरे क्षेत्र विशेष गरी बागमती नदीदेखी पूर्ब इलाम तथा झापासम्मको २६ वटा नदी प्रणालीहरुको क्षेत्रमा यो आयोजना लागु भइरहेको छ।

चुरे क्षेत्रको समस्या एउटा निकायले मात्र एकल प्रयासमा समाधान गर्न नसकिने भएकोले समस्या उद्भव क्षेत्र र प्रभाव क्षेत्र बीचका सरोकारवालाहरुको आपसी सहमति तथा यथार्थ सहभागितामा मात्र यो आयोजना सफल हुनेछ ।

यो आयोजनाले प्रविधि समुदाय तथा सरकारबीचको सहकार्य सुदृढ गराउने कार्यमा सहयोग गर्नेछ । इकोसिष्टममा सुधार गरी नदी नालाहरुबाट बग्ने थेग्रोलाइ घटाउने तथा कार्बन उत्सर्जनलाइ घटाउन मद्दत पुग्नेछ ।

आयोजनाको अवधि ७ वर्षको भएतापनि कार्यक्षेत्र र समस्याको संवेदनशीलताको आधारमा लगानी कम रहेको छ । तर पनि यो आयोजना नेपालमा हरित जलवायु कोषबाट प्राप्त अनुदानको पहिलो आयोजना भएको र इकोसिष्टम पुनर्स्थापना गरी प्राकृतिक स्रोतको व्यवस्थापनलाइ सहभागितामूलक पद्धति अवलम्वन गर्ने भएकोले सफल हुने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन २०२१ देखि सन २०३० सम्मको लागि इकोसिष्टम पुनर्स्थापना दशक घोषणा गरेको परिप्रेक्ष्यमा यस आयोजनाको सिकाइबाट नेपाल लगायत अन्य क्षेत्रको लागि पनि अवसर प्राप्त हुनेछ । अन्ततः यो आयोजनाले राखेको लक्ष्य प्राप्त गर्नको लागि सबै क्षेत्रका समुदाय सबैतहका सरकारी निकायहरु तथा गैर सरकारी क्षेत्रको निस्वार्थ सहयोग अपरिहार्य छ ।

धन्यवाद ।







चुरे उत्थानशील आयोजना